बिहीबार, मंसिर २५, २०८२

सामसङ प्लाजाकाे पोखरा नया सडकमा नयाँ शोरुम

नेपालखोज २०८२ भदौ १५ गते २१:४५

काठमाडौं । सामसङ प्लाजा, नेपालभरि प्रिमियम इलेक्ट्रोनिक्स उत्पादनहरूको लागि विश्वासिलो नाम, अब पोखरा नयाँ सडकमा आफ्नो नयाँ शोरुम खोलेको छ ।

१५ भदौ २०८२, पाल्पा हाउस, नयाँ सडक, पोखरामा आयोजना गरिएको उद्घाटन कार्यक्रममा गोल्छा ग्रुपकी डाइरेक्टर श्रीमती सीमा गोल्छा र नागार्जुन ट्रेडिङ हाउसका प्रोप्राइटर जनपुकार मुनान्कमीले शोरुमको संयुक्त रुपमा उद्घाटन गरे ।

यो नयाँ आउटलेट पहिले महेन्द्रपुलस्थित सामसङ प्लाजाबाट सरेको हो। अब यो शोरुम पोखरा, नयाँ सडकमा खुलेको छ जसले गर्दा ग्राहकहरूलाई अझ सजिलो पहुँच र उत्कृष्ट खरिद अनुभव प्रदान गर्नेछ ।

नयाँ सामसङ प्लाजामा स्मार्टफोन, टेलिभिजन, होम अप्लायन्सेसदेखि अन्य अत्याधुनिक सामसङ इलेक्ट्रोनिक्स उत्पादनहरू उपलब्ध हुनेछन् ।

यो कदमले सामसङको विश्वस्तरिय प्रविधि र उत्कृष्ट सेवा नेपालका हरेक ग्राहकको नजिक पु¥याउने प्रतिबद्धतालाई अझ बलियो बनाएको ।

यस अवसरमा सामसङ प्लाजाका प्रतिनिधिले भने, ‘हामीलाई पोखरामा नयाँ शोरुम खोल्न पाउँदा धेरै खुशी लागेको छ। यो सहरको विकास र उत्साहलाई मध्यनजर राखदै हामीले नयाँ रोड रोजेका हौं। यसले ग्राहकहरूलाई अझ सहज बनाउने छ ।’

ग्राहकहरूले नयाँ सामसङ प्लाजा भ्रमण गर्दा आकर्षक अफर, आधुनिक शपिङ वातावरण, र प्रशिक्षित स्टाफको सहयोग पाउनेछन् ।

सामसङ प्लाजाले सबैलाई नयाँ सडक, पोखरामा आमन्त्रित गर्दै विश्वस्तरिय सामसङ उत्पादनहरूको नयाँ युग अनुभव गर्न आग्रह गर्दछ ।

प्रतिक्रिया