शीतल निवास पुगे जेनजीका अगुवा सुदन गुरुङ

नेपालखोज २०८२ भदौ २७ गते ११:५८

काठमाडौं । जेनजी आन्दोलनका कमाण्डर सुदन गुरुङ राष्ट्रपति भवन शीतल निवास पुगेका छन् । शुक्रबार बिहान ९ बजे बोलाइएको भएपनि उनले केहीबेर अघि मात्रै प्रवेश पाएका हुन् ।

पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई तत्कालै प्रधानमन्त्री नियुक्त गर्न जेनजीका विभिन्न समूहहरुको तर्फबाट गुरुङले दबाब दिँदै आएका छन् ।

जेनजी आन्दोलन नियन्त्रण बाहिर गएपछि केपी शर्मा ओलीले मंगलबार प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । शुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउन सर्वपक्षीय सहमति भएपनि जेनजीहरुको संसद विघटन गर्नुपर्ने मागमा भने सहमति हुन सकेको छैन ।

प्रतिक्रिया