शुक्रबार, पुष ४, २०८२

नेपाल एयरलायन्सले चार्टर उडानमार्फत अलपत्र यात्रुलाई काठमाडौं ल्याउँदै

नेपालखोज २०८२ असोज १९ गते १७:५३

लुम्बिनी । नेपाल एयरलायन्सले अविरल बर्षाका कारण भैरहवामा अलपत्र परेका यात्रुलाई आज चार्टर उडानमार्फत काठमाडौँ ल्याउँदै छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा टोकराज पाण्डेका अनुसार नेपाल एयरलायन्सको १५८ सिटे जहाज राति ९ बजे गौतम बुद्व अन्तरराष्ट्रिय विमानस्थल, भैरहवाबाट काठमाडौं उड्ने तयारीमा छ ।

यात्रुहरू हिजोदेखि भैरहवाको गल्लामण्डीस्थित हनुमान मन्दिरमा बसिरहेका छन् । यसैगरी, बेलहिया, बुटवलमा पनि यात्रु रहेका छन् । सडक अवरुद्ध छ । हवाई टिकट पाउन मुस्किल छ । यस किसिमको विषम परिस्थितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सहकार्य गरेर नेपाल एयरलायन्सको चार्टर फ्लाइट उडाउन थालेका हौँ, यसबाट काठमाडौं जाने यात्रुलाई राहत पुग्ने विश्वास लिएका छौँ ।

चार्टर फ्लाइटका लागि सो एयरलायन्सका प्रतिनिधि अरुण पन्थीलाई सम्पर्क गर्न सकिने बताइएको छ । विपद्को समयमा सर्वसाधरण जनतालाई सेवा दिनेगरी नेपाल एयरलायन्सले भैरहवा–काठमाडौं चार्टर उडान गर्न थालेको हो ।

प्रतिक्रिया