झापामा ३ लाखको पटकासहित १ जना पक्राउ
नेपालखोज
२०८२ असोज ३१ गते १३:३२

काठमाडाैं । झापामा ३ लाख रुपैयाँको पटकासहित १ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका-८ शनिश्चरे बजार बस्ने रमेश खनाल छन् । उनलाई करिब ३ लाख रुपैयाँ बराबरको पटकासहित बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले रमेशले सोही ठाउँस्थित सञ्चालन गरेको कोल्ड सेन्टरको गोदाम तलासी गर्दा उक्त पटका बरामद गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया