सुनकाे मूल्य तोलामा ५ हजार ९ सय रुपैयाँले बढ्याे

नेपालखोज २०८२ कार्तिक २७ गते ११:०५

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनकाे मूल्य तोलामा ५ हजार ९ सय रुपैयाँ बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि सुनको भाउ प्रतितोला २ लाख ५० हजार २ सय रुपैयाँ तोकेको छ ।

चाँदीको मूल्य पनि १७० रुपैयाँले बढेको छ । आज प्रतितोला ३३४५ रुपैयाँ चाँदीको मूल्य तय भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया