विराटनगर लुम्बिनीसँग पराजित, लुम्बिनीकाे प्लेअफ सम्भावना कायमै
नेपालखोज
२०८२ मंसिर १७ गते १९:४४

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा आज भएकाे खेलमा विराटनगर किंग्स लुम्बिनी लायन्ससँग पराजित भएकाे छ ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा विराटनगरले प्रस्तुत गरेको १४५ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो ।
याे जितसँगै लुम्बिनी लायन्सले प्लेअफ सम्भावनालाई कायम राखेको छ । प्रतियोगितामा लुम्बिनीको यो तेस्रो जित हो ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको विराटनगरले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १४४ रनको योगफल खडा गरेको थियो ।
विराटनगरका लोकेश बमले सर्वाधिक ३५ रन बनाए । साम हेजलेटले २७ रन थपे । यी दुईले १५–२ को स्थितीबाट तेस्रो विकेटका निम्ति ५५ रनको साझेदारी गर्दै विराटनगरको इनिङ सम्हालेका थिए ।
सम्बन्धित








प्रतिक्रिया