सोमबार, मंसिर २२, २०८२

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा युक्रेनी नेता जेलेन्स्कीको आलोचना, युरोपेली सहयोगीसँग भेट्दै

नेपालखोज २०८२ मंसिर २२ गते २०:४५

किएभ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँगको युद्ध अन्त्य गर्ने अमेरिकी प्रस्ताव नपढेको आरोप लगाएपछि युक्रेनी नेता भोलोदिमिर जेलेन्स्की र युरोपेली सहयोगीहरूले सोमबार लन्डनमा वार्ता गर्ने तयारी गरेका छन्। मियामीमा युक्रेनी र अमेरिकी अधिकारीहरूबीच केही दिनदेखि भएको वार्ता शनिबार कुनै स्पष्ट सहमतिविना सकिएपछि यो छलफल भएको हो ।

वार्ताको अन्त्यमा जेलेन्स्कीले थप वार्ताका लागि प्रतिबद्धता व्यक्त गरेको बताइएको छ। वार्तासँग परिचित एक अधिकारीले सोमबार एएफपीसँग भने, ‘करिब चार वर्ष लामो रूस–युक्रेन युद्ध अन्त्य गर्ने वार्तामा क्षेत्र अझै पनि ‘सबैभन्दा समस्याग्रस्त मुद्दा’ हो ।’ राष्ट्रपति जेलेन्स्कीलाई बेलायती प्रधानमन्त्री केइर स्टार्मर, जर्मन चान्सलर फ्रेडरिक मर्ज र फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँले लन्डनमा स्वागत गर्नुहुनेछ । स्टार्मरले भने, ‘उहाँले जेलेन्स्कीलाई ट्रम्प प्रशासनको नेतृत्वमा सम्झौता स्वीकार गर्न दबाब दिनुहुनेछैन ।’ ‘म राष्ट्रपतिलाई दबाब दिनेछैन,’ स्टार्मरले आईटिभी न्यूजसँग भने ।

बेलायती विदेशमन्त्री यभेट कुपरले अमेरिकी समकक्षी मार्को रुबियोसँग सोमबार वासिङ्टन जाने कार्यक्रम रहेको छ । युक्रेनी अधिकारीहरूका अनुसार मस्कोले आफ्नो छिमेकीमाथि आक्रमण जारी राखेको छ, जसमा आइतबारदेखि सोमबारसम्म कम्तिमा नौ जना घाइते भएका छन् । जेलेन्स्कीले मियामी वार्ताका क्रममा अमेरिकी दूत स्टिभ विटकोफ र जारेड कुश्नरसँग ‘धेरै ठोस र रचनात्मक’ कुराकानीका लागि आफ्ना वार्ताकारहरूसँग सामेल भएको बताएका थिए । -रासस/एएफपी

प्रतिक्रिया