बिहीबार, मंसिर २५, २०८२

दराज नेपालद्वारा बृहत बचत तथा आकर्षक उपहारसहित १२.१२ ग्राण्ड इयर एन्ड सेलको घोषणा

नेपालखोज २०८२ मंसिर २४ गते २०:४४

काठमाडौं । देशकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले वर्षकै सर्वाधिक ठूलो शपिङ सिजनको ग्रान्ड फाइनलका रूपमा १२.१२ ग्राण्ड इयर एन्ड सेलको घोषणा गरेको छ ।

यो सेल डिसेम्बर ११ (मंसिर २५, २०८२)को राति ८ बजे लाइभ हुँदै डिसेम्बर १८ (पौष ३, २०८२) सम्म सञ्चालन हुने दराजले जानकारी दिएको छ ।

कम्पनीका अनुसार सेल मार्फत ग्राहकहरूले ८० प्रतिशतसम्मको फ्ल्यास सेल, ७० प्रतिशतसम्मको मेगा डिल, र छानिएका सामानहरूमा निःशुल्क ढुवानी सुविधाको फाइदापनि लिन सक्नु हुनेछ ।

यस वर्षको १२.१२ सेलमा साझेदार ब्रान्डहरू मार्फत आकर्षक छुटहरु पनि प्रबन्ध मिलाइएको छ । सेलका लागि प्लाटिनम पार्टनर सेताफिलले ४१ प्रतिशतसम्मको छुट, गोल्ड पार्टनर ¥होटो, ब्राण्डहाउस र एईविबी मार्फत ६० प्रतिशतसम्म छुट र सिल्भर पार्टनर स्ट्रिक्स, नाईक र लोट्टो नेपालका तर्फबाटे ५० प्रतिशतसम्मको आकर्षक छुटपनि उपलब्ध हुने जानकारी दिइएको छ ।

यो सेलको प्रमुख आकर्षणका रुपमा क्रेजी फ्ल्याश सेलपनि रहने छ । क्रेजी फ्ल्याश सेल, डिसेम्बर ११को राति ८ बजेदेखि सुरु गरिनेछ । यसका साथै, सिमित स्टकमा उपलब्ध गरिने फ्ल्यास डिलहरूसँगै, सेल अवधिभर दैनिक फ्ल्यास सेल प्राइस ड्रप अफरहरूबाट पनि लाभ उपभोक्ताहरुले मनग्य लाभ लिन सक्नुहुनेछ ।

यस पटक, खल्टी वालेट प्रयोगकर्ताहरुका लागि सेल अवधिभर १० प्रतिशतसम्म (अधिकतम रु. २००)को छुट लगायत अफरहरुको पनि ब्यवस्था गरिएको छ । यो सुविधा मार्फत क्याशलेस भुक्तानीलाई अझ सहज र लाभदायक बनाउनका लागि उल्लेख्य तेवा पुग्नेमा कम्पनी विस्वस्त रहेको छ । दराजले यस पटक आफ्ना ग्राहकहरूका लागि आकर्षक उपहारहरु जित्ने सुनौलो अवसरपनि प्रदान गर्ने भएको छ ।

एड टू कार्ट एन्ड विन र बाई एन्ड विन फिचर मार्फत ७ जना भाग्यशाली ग्राहकहरुले विभिन्न आकर्षक उपहारहरु जित्न सक्नुहुनेछ । एड टू कार्ट एण्ड विन अन्तर्गत, रु. १०,००० भन्दा बढीका सामान कार्टमा राख्दा एक भाग्यशाली ग्राहकले अलेवा स्टील स्मार्टवाच, ड्रिपपड्स इयरबड्स, र गिज्मो पावर बैंक (कुल मूल्य रु. १२,९९९ पर्ने) लगायत उपहारहरु जित्ने सुनौलो अवसर प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरूले बेष्ट प्राइस ट्याग भएका सामग्रीहरूमा विशेष ध्यान दिन सक्ने छन् । यसमा सम्मिलित सामग्रीहरु उपभोक्ताले नेपालभित्र कुनैपनि अन्य अनलाइन प्लेटफर्ममा सोही उत्पादन कम मूल्यमा भेटिएमा, दराजले मूल्य अन्तरको दोब्बर रकम उपभोक्तालाई फिर्ता गर्ने बाचा गरेको छ । (शर्तहरू लागू हुनेछन्) ।

प्रतिक्रिया