जिप दुर्घटनामा नौजना घाइते
नेपालखोज
२०८२ पुष २० गते १९:५५

मकवानपुर । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डमा पर्ने भीमफेदी गाउँपालिका–६ जुरीखेतमा आज साँझ जिप दुर्घटना हुँदा नौजना घाइते भएका छन् ।
काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना१ज १७७८ नं को जिप सडकबाट खोल्सामा खसेर दुर्घटना भएको प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । घाइतेको उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पु¥याइएको छ । -रासस
सम्बन्धित

प्रतिक्रिया