देशभर पश्चिमी वायुको आंशिक प्रभाव, काठमाडौंको न्यूनतम तापक्रम बिहान पौने ६ बजे ३.३ डिग्री
नेपालखोज
२०८२ पुष २४ गते ६:५६

काठमाडौं । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ जसका कारण तराईका धेरै स्थानमा आज बिहान हुस्सु र कुहिरो लागेको छ । केही भूभागमा मौसम बदली रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो तराई भूभागका अधिकांश स्थानमा हुस्सु र कुहिरो रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
विभागले राति तराई भूभागका धेरै स्थानमा हुस्सु रहनेछ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ । बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
विभागले काठमाडौंको न्यूनतम तापक्रम बिहान पौने ६ बजे ३.३ डिग्री सेल्सियस रहेको जनाएकाे छ ।
सम्बन्धित

प्रतिक्रिया