एक महिनामा करिब दुई हजार पाँच सय अफगान कैदीहरू इरान, पाकिस्तानबाट स्वदेश फिर्ता
नेपालखोज
२०८२ पुष २५ गते १९:०९

काबुल । छिमेकी मुलुक इरान र पाकिस्तानबको हिरासतमा रहेका करिब दुइृ हजार ५०० अफगान नागरिकहरू गत एक महिनामा रिहा भई अफगानिस्तान फर्केको स्थानीय मिडिया टोलो न्यूजले शुक्रबार रिपोर्ट गरेको छ ।
रिपोर्टका अनुसार स्वदेश फर्केका अधिकांशलाई वैध तथा आप्रवासी कागजातहरू नभएको वा आफ्नो भिसामा उल्लेख गरिएको भन्दा समय बसेको कारण हिरासतमा लिइएको थियो ।
बन्दीहरूले फिर्ता हुन अघि दुई महिना हिरासतमा बिताएको बताइएको छ । अफगानिस्तान फर्के पछि, उनीहरूलाई सम्बन्धित अधिकारीहरूलाई हस्तान्तरण गरिएको जनाइएको छ ।
जहाँ तिनीहरूको आधारभूत जानकारी दर्ता गरिएको थियो । स्वदेश फर्के पछि उनीहरुलाई आपतकालीन सहायता प्रदान गरी आफ्नो गृह प्रान्तमा फर्कन सजिलो बनाउन समन्वय गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । -रासस/सिन्ह्वा
सम्बन्धित

प्रतिक्रिया