बेनीका किसानलाई माछाका भुरा वितरण

नेपालखोज २०८२ फागुन २८ गते ९:१९

म्याग्दी । बेनी नगरपालिकाले ३५ जना किसानलाई १२ हजार वटा ग्रास कार्प माछाका भुरा निःशुल्क वितरण गरेको छ ।

नगरपालिकाले रु एक लाखमा भुरा खरिद गरेर किसानलाई वितरण गरेको हो ।

किसानलाई माछापालनतर्फ आकर्षित गर्ने र माछाको आयात घटाउने उद्देश्यले भुरा वितरण गरिएको नगर प्रमुख सुरत केसीले राससलाई बताए ।

प्रतिक्रिया