आउँदै थरीथरीका एसयूभी, फोर्सले उतार्दै छ न्यु गोर्खा

काठमाडौं । आउने केही समयमै एक से एक अफरोड एसयूभी सडकमा देखा पर्दै छन् । ती एसयूभीमा मारुती जिम्नी, महेन्द्रा थार (फाइभ डोर), न्यु महेन्द्रा स्कार्पियो, फोर्सको न्यु गोर्खाजस्ता एसयूभी प्रमुख छन् ।
एडभेन्चरस बाइक वा एसयूभी चलाउनु पनि एक किसिमको रहर वा सोख हो । मानिसहरुका यस्ता सोख पूरा गर्न अटोमोबाइल कम्पनीहरु हरहमेसा तम्तयार छन् । उनीहरु यसमा निरन्तर सुधारमा पनि त्यत्तिकै लागेका हुन्छन् । यसकै परिणाम हो ती कम्पनीहरु चाँडै एक सय एक अफरोड एसयूभी लन्च गर्न गइरहेका छन् । बजारमा चाँडै देखा पर्न तयार केही एसयूभी :
मारुती जिम्नी
मारुती जिप्सीको अपडेटेड भर्सन मानिँदै आएको जिम्नीको चर्चा चलेको पनि निकै भइसकेको छ । भनिन्छ सन् २०२२ सम्ममा जिम्नीको थ्री-डोर भर्सन र सन् २०२३ भित्रमा फाइभ डोर भर्सन बाजारमा आइसक्नेछ । गाह्रो-साह्रो बाटोमा कुदाउन सकिने जिप्सी नेपालमा समेत लोकप्रिय छ भने यो एसयूभीका प्रशंसकहरु जिम्नी लन्च हुने पर्खाइमा छन् । मारुती जिम्नी सानदार लुक र पावरफुल इन्जिनका अतिरिक्त अन्य लेटेस्ट फिचर्सका साथ प्रस्तुत हुँदै छ ।

फोर्स गोर्खा
अफ-रोड एसयूभीका लागि लोकप्रिय फोर्स मोटर्सले चाँडै न्यु गोर्खा लाइफस्टायल एसयूभी प्रस्तुत गर्दै छ, जसको पहिलो झलक नयाँदिल्लीमा गएको वर्ष सम्पन्न अटो एक्सपोमा देखिएको थियो । फोर्सको न्यु गोर्खा अहिले अनेक प्रकारका टेस्टबाट गुज्रिरहेको छ । भनिन्छ यो एसयूभी बजारमा आउने समय भइसकेको छ। फोर्स गोर्खा आफ्नो मस्कुलर प्रजेन्स र पावरफुल फिचर्सका लागि प्रसिद्ध छ । अब यसलाई अझ राम्रो इन्जिन र लेटेस्ट फिचर्सका साथ लन्च गरिँदै छ ।

नयाँ थार र स्कारर्पियो
महिन्द्रा मोटर्स पनि यो दौडमा पछाडि छैन । अफरोड गाडी मनपराउनेहरुका लागि महिन्द्राले न्यु स्कारर्पियो र महिन्द्रा थार फाइभ डोर बजारमा पठाउँदै छ। नेक्स्ट जेनरेसन स्कारर्पियो बहुप्रतीक्षित गाडी हो । सार्वजनिक गरिएको जानकारीअनुसार यो एसयूभीमा एड्भान्स फिचर्सका साथ थुप्रै कस्मेटिक परिवर्तन पनि ल्याइँदै छ । अर्कातिर थ्री डोर थारको सफलतापछि महिन्द्रा एन्ड महिन्द्राले चाँडै यसको फाइभ डोर भर्सन बजारमा उतार्ने तयारी गरेको छ । जसमा अझ राम्रो स्पेस र फिचर्सका साथ बढी पावरफुल इन्जिन प्रयोग हुने बताइन्छ ।

प्रतिक्रिया