हुन्डाईको आई-२० एन लाइन, स्पोर्टी डिजाइन र हाइटेक फिचर्स

काठमाडौं । दक्षिण कोरियाली वाहन निर्माता कम्पनी हुन्डाईले आई-२० को नयाँ भर्सन एन लाइन स्पोर्टियर अन्तर्राष्ट्रिय बजारमा उतारिसकेको छ । यसै साता भारतीय बजारमा लन्च गरिएको यो गाडी चाँडै नेपालमा पनि उपलब्ध हुने अपेक्षा गरिएको छ ।
नयाँ स्पोर्टियर ब्रान्डअन्तर्गतको पहिलो प्रोडक्सन हो- हुन्डाई आई-२० एन लाइन । यो एसयूभी गाडी पुरानो आई-२० हरुको तुलनामा केही कस्मेटिक परिवर्तनका साथ आएको छ । हुन्डाईका अटोमोबाइल इन्जिनियरहरुले यो एसयूभीको ओभरअल पर्फमेन्सलाई अझ सुदृढ बनाउन यसको मेकानिकल पक्षमा पनि केही सुधार गरेको बताइन्छ ।
हुन्डाई आई-२० एन लाइन तीन भेरियन्ट- एन ६ आईएमटी, एन ८ आईएमटी तथा एन ८ डीसीटीमा प्रस्तुत गरिएको छ । यसको एन ६ भेरियन्ट स्पोर्टिज ट्रिममा आधारित छ । एन ८ ट्रिम स्टेडर्ड, आई-२० को आस्ता भेरियन्टमा आधारित छ ।
नयाँ हुन्डाई आई-२० एन लाइन स्पोर्टियर डिजाइन एलिमेन्टसले युक्त रहेको बताइन्छ । यसमा रिवाइज्ड फ्रन्ट र रियर बम्पर, फ्रन्ट ग्रिलमा एन लाइन ब्याजिङ, ब्याक आउट साइड स्कर्ट र पिलर तथा क्रोम प्लेटेड ट्विन एग्जस्ट युनिट देख्न सकिन्छ । यो नयाँ मोडल नयाँ स्टाइलको १७ इन्च ड्युल-टोन अलोय ह्विल्समा चल्नेछ ।

हुन्डाई आई-२० एन लाइन चार कलर अप्सन- ब्रास, फ्यान्टम ब्ल्याक, पोलर ह्वाइट तथा अरोरा ग्रेमा उपलब्ध हुनेछ । यसको क्याबिन पनि स्पोर्टी डिजाइनको छ । जसमा स्टेयरिङ ह्विलमा एन लाइन ब्याज, गियर लिवर, अपहोल्स्ट्री र मेटल पाइडल समावेश छन् । यो गाडी कन्ट्रास्टिङ रेड स्टिचिङका साथ नयाँ सिट र डोर प्याडमा रेड एक्सेन्ट विशेषतायुक्त छ ।
नयाँ हुन्डाई आई-२० एन लाइन १.० लिटर ३-सिलिन्डर टी-जीडीआई टर्बोचार्ज्ड पेट्रोल इन्जिनबाट सञ्चालित हुन्छ । यसले ६००० आरपीएममा १२० पीएसको पावर र १५०० आरपीएम-४००० आरपीएममा १७२ एनएम पिक टर्क पैदा गर्छ । यसको ट्रान्समिसन विकल्पमा एक-एकवटा आईएमटी र डीसीटी अटोमेटिक समावेश छन् । यो एसयूभी सस्पेसन, इन्जिन रेस्पोन्स तथा एग्जस्ट साउन्डको मामिलामा थप परिष्कृत छ । नयाँ हुन्डाई आई-२० को लम्बाइ ३९९५ एमएम, चौडाइ १७७५ एमएम तथा उचाइ १५०५ एमएम भएको बताइएको छ । यो नयाँ मोडलको वजन लगभग १४३० केजीदेखि १४६० केजी छ ।
प्रतिक्रिया