मंगलबार, वैशाख १६, २०८२

चैतसम्म सबै नेपालीलाई कोरोना खोप उपलब्ध गराउँछौं : मन्त्री कार्की

नेपालखोज २०७८ भदौ १२ गते १७:२३

काठमाडौं । सरकारका प्रवक्ता तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी चैतसम्म सबै नागरिकलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने आश्वास दिएका छन् ।

सुनसरी सदरमुकाम इनरुवा–९ मा बबियामा आज नेपाली कांग्रेस वडा कमिटीले आयोजना गरेको कार्यक्रममा मन्त्री कार्कीले कोरोना महामारीका कारण सबै क्षेत्र प्रभावित भएको भन्दै सबै नागरिकलाई निर्धारित समयभित्रै खोप प्रदान गर्ने बताए ।

नेपाली कांग्रेसको नेतृत्वमा निर्माण भएको गठबन्धनको सरकारमाथि जनताको ठूलो अपेक्षा र भरोसा भएको उनको भनाइ थियो ।

जनताको जीउधनको, संविधान, लोकतन्त्र रक्षा गर्नाका साथै शान्ति अमनचयन कायम गर्नु अहिलेको सरकारको प्रमुख दायित्व भएको मन्त्री कार्कीले बताए ।

प्रतिक्रिया