मंगलबार, वैशाख १६, २०८२

१ हजार ३८८ संक्रमित थपिए, २४ जनाको मृत्यु

नेपालखोज २०७८ भदौ १३ गते १७:३१

काठमाडौं । नेपालमा थप १ हजार ३ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो चौबीस घण्टामा देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार २५९ जनाको पीसीआर परीक्षणमा १ हजार २१४ र ३ हजार ३८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १७४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा थप २४ जना संक्रमितको ज्यान गएको छ ।

यो सहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कूल संख्या १० हजार ७ सय १४ पुगेको छ । पछिल्लो चौबीस घण्टामा २ हजार २६० जना संक्रमणमुक्त भएका छन् ।

योसँगै हालसम्म कोरोना जित्नेको संख्या ७ लाख १२ हजार ७ सय १२ पुगेको मन्त्रालयले जनाएको छ ।

अझै देशभरका विभिन्न अस्पतालमा ६ सय २५ जनाको सघन उपचार कक्षमा उपचार भैरहेको छ । त्यस्तै, १ सय ६७ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।

प्रतिक्रिया