मंगलबार, वैशाख १६, २०८२

‘कोरोना खोप लगाएका ९० प्रतिशत नेपालीमा एन्टिबडी’

नेपालखोज २०७८ भदौ १३ गते २१:५३

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरि ६८ दशमलव ६ प्रतिशत नमुनामा कोभिड – १९ को एन्टिबडी देखिएको दाबी गरेको छ ।

दोस्रो सेरोप्रिभ्यालेन्स सर्वेक्षणको नतिजाले यस्तो देखाएको मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जनाएका हुन् । सर्वेक्षणअनुसार ६ महिनाभन्दा बढी उमेरका व्यक्तिहरूमा असार २१ गतेदेखि साउन ३० गतेसम्म संकलित १३ हजार १६१ नमुनाको परीक्षण गरी विश्लेषण गरिएको थियो ।
कोरोना खोप लगाएका व्यक्तिहरू ८० प्रतिशत र पूर्ण मात्रा खोप लगाएका ९० प्रतिशतमा एन्टिबडी देखिएको प्रवक्ता डा.पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

No photo description available.

प्रतिक्रिया