फोर्सको नयाँ गोर्खा थप दमदार !

काठमाडौं । दमदार गाडीका लागि लोकप्रिय फोर्स मोटर्सले चाँडै आफ्नो एसयूभी फोर्स गोर्खालाई नयाँ रुपमा प्रस्तुत गर्दै छ । फोर्स मोटर्स कम्पनीले यसको टिजर लन्च गरिसकेकाले यो गाडी चाँडै सडकमा देखिने अपेक्षा गरिएको छ ।
फोर्स मोटर्सले आउँदो चाडपर्वलाई मध्यनजर गर्दै फोर्स गोर्खालाई सेप्टेम्बरभित्रै बजारमा ओराल्न सक्ने बताइएको छ । यद्यपि अहिलेसम्म यसको अफिसियल लन्चको मिति घोषणा गरिएको छैन ।
कस्ता हुनेछन् नयाँ अपडेट्स ?
फोर्स गोर्खा-२०२१ का कतिपय डिटेल्स र फोटो सार्वजनिक भइसकेको छ । नयाँ फोर्स गोर्खामा नयाँ हेडलाइट अनि सर्कुलर डे टाइम रनिङ लाइटका साथ सिंगल स्लट ग्रिलको बीचमा कम्पनीको ठूलो लोगो रहनेछ । यसका अतिरिक्त नयाँ फोर्स गोर्खामा नयाँ फग ल्याम्प, ह्वीवल र ब्याक आउट साइड रियर भ्यु मिरर तथा रुफ क्यारियर आदिमा परिवर्तन देखिनेछ ।
फोर्स गोर्खाको क्याबिनमा वेट्स, फ्रन्ट पावर विन्डो तथा थ्री स्पोक स्टियरिङ ह्विलजस्ता फिचर्स रहनेछन् । यी परिवर्तनले फोर्स गोर्खालाई थप दमदार बनाउनेछ ।
कस्तो होला इन्जिन ?
सेकेन्ड जेनरेसन गोर्खामा बीएस-सिक्स मानकयुक्त २.६ लिटरको डिजल इन्जिन रहनेछ । यसले ९० बीपीएच पावर जेनरेट गर्छ । यो इन्जिन फाइभ स्पिड म्यानुअल गियरबक्सले सुसज्जित हुनेछ भने यसमा फोर ह्विल ड्राइभ-(४x४) को सुविधा पनि रहनेछ । नयाँ गोर्खामा डबल हाइड्रोलिक स्प्रिङ क्वायल सस्पेन्सन र १७ इन्चको ट्युबलेस टायर प्रयोग भएको छ । यो गाडी कहिलेसम्म नेपाल आइसक्छ भन्ने कुरा भने अनिश्चित नै छ ।
महेन्द्रा थारसँग प्रतिस्पर्धा
फोर्स गोर्खा-२०२१ को प्रतिस्पर्धा महेन्द्रा थारसँग हुने बताइन्छ ।
प्रतिक्रिया