रेसिङ बाइकको लुक्समा बजाज पल्सर-२५०, मूल्य कति ?

काठमाडौं । भारतीय बाइक कम्पनी बजाजले पल्सर बाइकको २५० सीसी भर्सन लन्च गर्दै छ । यो बाइक तिहारअघि नै भारतीय बजारमा आइसक्ने बताइएको छ । कुनै रेसिङ बाइकजस्तो देखिने बजाज पल्सर-२५० को मूल्य भारतमा करिब एक लाख ३५ हजार भारु पर्ने अनुमान गरिएको छ ।
बजाजको यो बेस्ट सेलिङ बाइकले आफ्नो रुप बदलेसँगै यसलाई अझ शक्तिशाली पनि बनाइँदै छ । पल्सर बाइक अहिलेसम्म २२०-२२४ सीसीसम्म उपलब्ध हुँदै आएको थियो । अब आउने पल्सर बाइक अहिलेसम्मको सबैभन्दा पावरफुल मोडल मात्र हुने छैन यो सानदार लुकका साथ पावर र स्पिडको दृष्टिमा पनि सानदार रहनेछ ।
बजाज इन्डियाका एमडी राजीव बजाजले तिहारअघि नै यो बाइकलाई बजारमा पठाइने घोषणा गरिसकेका छन् ।
दमदार इन्जिन
बजाजको यो पावरफुल पल्सरले २४ बीएचपीसम्म पावर र २० एनएमको टर्क जेनरेट गर्न सक्नेछ । बजाज पल्सर २५० को टक्कर यामाहा एफजेड २५ र सुजुकी जिक्सर २५० का साथै केटीएम डुक २५० सँग हुने बताइएको छ ।
बजाजको यो अपकमिङ पल्सर-२५० प्रोजेक्टर हेडल्यम्प र स्लिक डुअल एलइडी डीआरएलका साथ एग्रेसिभ लुकमा आउन लागेको दाबी गरिएको छ । यो बाइक एक्सटेन्सनका साथ स्कल्पडेट फ्युल ट्यांकी, इन्जिन काउल, स्प्लिट सिटका साथ डुअल टायर हगर्स, डिस्क ब्रेक र डुअल च्यानल एबीएससहित अरु फिचर्सले सुसज्जित रहनेछ ।
एक साथ तीन भेरियन्ट
बजाजको यो पावरफुल पल्सर बाइक तीनवटा भेरियन्टमा उपलब्ध हुनेछ । जसमा एनएस-२५०, बजाज पल्सर-२५० एफ तथा बजाज पल्सर आरएस-२५० रहनेछन् ।
प्रतिक्रिया