शनिबार, वैशाख १३, २०८२

जिपले उतार्दै छ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी

नेपालखोज २०७८ भदौ २१ गते १२:३७

थप पावरफुलका साथ केही खास नयाँ फिचर्स समावेश गरिँदै


काठमाडौं । एसयूभी गाडीको बढ्दो मागलाई मध्यनजर गर्दै प्रसिद्ध कार कम्पनी जिपले पनि कम्प्याक्ट एसयूभी लन्च गर्ने भएको छ । जिपको यो अपकमिङ एसयूभी इलेक्ट्रिक हुनेछ ।

यसले टाटाको नेक्सोन ईभीसँग प्रतिस्पर्धा गर्नेछ भने यही सिग्मेन्टमा महिन्द्राको ईभी ई-एक्सयूभी ३०० सहित अन्यसमेत अन्य कम्पनीका इलेक्ट्रिक भेइकल पनि बजारमा आउँदै छन् । यसको अर्थ आउने दिनमा इलेक्ट्रिक कारको सिग्मेन्टमा एसयूभीका पनि थुप्रै विकल्प उपलब्ध हुनेछन् ।

जिप कम्प्याक्ट इलेक्ट्रिक एसयूभीको लुक्स स्पोर्टी हुनेछ भने यो निकै सानदार देखिन्छ । जिपको अपकमिङ कम्प्याक्ट इलेक्ट्रिक एसयूभीको रियर र फ्रन्ट लुक स्पोर्टी र खास छ । यो मिनी अफ-रोड जस्तो छ । यसमा १.२ लिटर टर्बो-चार्ज पेट्रोल इन्जिन प्रयोग हुन सक्छ जसले १३० बीएचपीसम्मको पावर जेनरेट गर्नेछ ।

स्पोर्टी लुकमा आउनेछ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी

भनिन्छ जिपको अपकमिङ कम्प्याक्ट एसयूभी २०२३ भित्रमा बजारमा आउनेछ । यसको इलेक्ट्रिक भेरियन्ट २०२४- २५ सम्ममा लन्च हुनेछ । अहिले इलेक्ट्रिक कारको सेग्मेन्टमा अनेकथरीका ह्याचब्याक, सेडान तथा कम्प्याक्ट एसयूभी बजारमा आउने तयारीमा छन् । यही महिना टाटाको टिगोर ईभी सार्वजनिक हुँदै छ भने २०२२ लागेपछि महिद्राको एक्सयूभी ३०० इलेक्ट्रिक पनि बजारमा आउनेछ ।

प्रतिक्रिया