सोमबार, वैशाख १५, २०८२

कोरोना संक्रमित वृद्ध मृत भेटिए

नेपालखोज २०७८ भदौ २७ गते १२:०२

दमक । झापाको शिवसताक्षी नगरपालिका– ९ का एक कोरोना संक्रमित वृद्ध मृत फेला परेका छन् । आज बिहान ४ः३० बजे ६३ वर्षीय गोविन्द खनालले आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

वृद्धलाई घरको निदालमा कपडाको डोरी बनाएर झुन्डिएको अवस्थामा परिवारले देखेपछि प्रहरीलाई खबर गरेका थिए । गत शुक्रबार उनलाई संक्रमण पुष्टि भएको थियो । संक्रमण पछि उनी होम आइसोलेसनमा उपचार गरिरहेको शिवसताक्षी कोभिड फोकल पर्सन रोसन अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया