थप ४४ लाख डोज खोप बिहीबार नेपाल आइपुग्ने
नेपालखोज
२०७८ भदौ २८ गते १५:०७

काठमाडौं । कोभिड-१९ विरुद्धको थप ४४ लाख डोज खोप बिहीबार नेपाल आइपुग्ने भएको छ । सरकारले चीनसँग खरिद गरेको थप ४४ लाख डोज भेरोसेल खोप आगामी बिहीबार ल्याइने स्वास्थ्य सेवा विभाग अन्तरगत आपूर्ति शाखाले जनाएको छ ।
खोप लिन नेपाल वायुसेवा निगमको जहाज भदौ ३० गते चीन जाने र ३१ गते फर्किने छ ।
सम्बन्धित
प्रतिक्रिया