वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा हुने, उपत्यकामा झरी
नेपालखोज
२०७८ भदौ ३० गते ७:३३

काठमाडौं । हाल नेपालमा भारतको छत्तिसगढ र मध्यप्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको सामान्य प्रभाव रहेको मौसम विभागले जनाएकाे छ ।
साथै मनसुन न्यून चापीय रेखा औसतभन्दा दक्षिणतर्फ रहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदलीसहित प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा भने रातिदेखि नै झरी परिरहेको छ ।
दिउँसाे देशभर सामान्य बदली रही वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाे मौसम विभागले जनाएकाे छ ।
राति देशभर सामान्य बदली रही लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । -फाइल तस्बिर
सम्बन्धित
प्रतिक्रिया