महिन्द्राको अपकमिङ एसयूभी-७००

नयाँदिल्ली । भारतीय मोटर निर्माता कम्पनी महिन्द्रा एन्ड महिन्द्राले आफ्नो नयाँ उत्पादन महिन्द्रा एसयूभी ७०० चाँडै बजारमा उतार्दै छ । भनिन्छ यो गाडीले अटोमोबाइल मार्केटमा हलचल ल्याउनेछ किनभने जुन मूल्यमा जे-जस्ता फिचर यो गाडीमा समेटिँदै छ । त्यसले प्रतिस्पर्धी कम्पनीहरुलाई समेत अप्ठ्यारोमा पार्नेछ ।
महिन्द्राले हालै मात्र आफ्नो अपकमिङ एसयूभी-७०० को जानकारी दिएको छ । जुन सानदार लुक र पावरफुल फिचर्सले सुसज्जित छ ।
कलर, भेरियन्ट र मूल्य
महिन्द्रा एसयूभी-७०० आउने महिना भारतमा लन्च हुनेछ । यो गाडीमा रेड रेज, मिडनाइट ब्ल्याक, एभरेस्ट ह्वाइट, सिल्भर तथा इलेक्ट्रिक ब्लु कलर अप्सन उपलब्ध हुनेछ । भेरियन्ट र मूल्यतर्फ यसको महिन्द्रा एसयूभी-७०० एमएक्स पेट्रोल भेरियन्टको मूल्य भारतीय बजारमा ११.९९ लाख भारु पर्नेछ भने महिन्द्रा एसयूभी-७०० एमएक्स डिजल भेरियन्टको मूल्य १२.४९ लाख भारु पर्नेछ ।
महिन्द्रा एसयूभी-७०० एएक्स ३ पेट्रोल भेरियन्टको मूल्य भारतीय बजारमै १३.९९ लाख भारु तोकिएको छ । महिन्द्रा एसयूभी-७०० एएक्स ५ पेट्रोल भेरियन्टको मूल्य १४.९९ लाख भारु पर्नेछ । यी सबै भेरियन्ट पाँचसिटे हुन् । चाँडै नै महिन्द्रा एसयूभी-७०० एएक्स ७ भेरियन्ट पनि आउनेछ जुन ७ सिटे हुनेछ ।
यसको पेट्रोल भेरियन्टको मूल्य १६.४९ लाख भारु पर्ने बताइएको छ । नेपालमा यो गाडी भित्रिने समय र मूल्य केही समयपछि मात्र निश्चित हुने बताइन्छ ।
सानदार फिचर
महिन्द्रा एसयूभी-७०० को लुक र फिचरको कुरा गर्दा यसमा एरो हेड एलईडी हेडल्याम्प, क्लियर एलईडी हेडल्याम्प, स्मार्ट डोर हेन्डल, डायमन्ड कट अलोय ह्विल, सतिन क्रोम ग्रिलका साथ ब्रिङ योर ओन डिभाइस, AdrenoX कनेक्ट एप, थ्रीडी साउन्ड टेक्नोलोजी, बिल्ट-इन एलेक्सा इन्टग्रेसन, इन्टेल कन्ट्रोल, स्मार्ट क्लिन जोन, पुस बटन स्टार्ट, की-लेस इन्ट्री, मेमरी सिट, स्काईरुफ टीएम, मल्टिपल ड्राइभ मोड, रिभर्स क्यामेरा र पार्किङ असिस्टजस्ता अनेकन कुरा समेटिएका छन् ।
सुरक्षा र सुविधाको मामिलामा महिन्द्रा एसयूभी-७०० लाई निकै राम्रो बताइँदै छ । यसमा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, प्यानारोमिक सनरुफ, डुअल जोन क्लाइमेट कन्ट्रोल, मल्टिपल एयरब्याग, इलेक्ट्रोनिक स्टाबिलिटी प्रोग्राम, एडीएएस-फ्रन्ट कोलाइजन वार्निङ, अटोमेटिक इमरजेन्सी ब्रेक, लेन किप असिस्ट, स्मार्ट पाइलट असिस्ट, ड्राइभर ड्राउजिनेस डिटेक्सन आदि फिचर उपलब्ध हुनेछ ।
प्रतिक्रिया