नयाँ प्रविधिले खतरनाक मोडहरुमा सडक दुर्घटना कम गर्न सकिन्छ ?

काठमाडाैं । इन्जिनियर कनल सेवास्टीयियनका अनुसार स्मार्ट फोन रडार प्रविधि प्रयोग गरेर पहाडका बाटोका खतरनाक मोडहरुमा दुर्घटना कम गर्न सकिन्छ ।
यो प्रविधिले वाहन चालकहरुलाई खतरनाक मोडहरुमा अलर्ट गर्नेछ । यो प्रविधिमा पहाडका जोखिमपुर्ण मोडहरुमा दुवै तर्फ स्मार्ट फोन रडार जडान गरिन्छ जसले दुवै तिरबाट आइरहेका वाहनको स्पीड मापन गरेर आफै हर्न बजाउँछ र दुवै चालकलाई सचेत गराउँछ ।
यसबाट कुनै पनि चालकले ठुला मोडहरुमा अगाडिबाट आइरहेको वाहनका सम्बन्धमा जानकारी प्राप्त गर्दछ र समयमै दुवै चालकले आ-आफ्नो स्पिड कम गरेर एक-अर्कालाई पास दिन्छन् । हिन्दुस्तान पेट्रोलियमद्वारा सुरु गरिएको यो प्रविधि हाल भारतको जम्मु-कश्मीर सडकमा प्रयोगमा ल्याइएको छ ।
पहाडका खतरनाक मोडहरुमा प्रयोग गर्न सकिने यो प्रविधी नेपालका लागि पनि निकै उपयोगि हुन सक्छ । यसले पहाडि बाटोका मोडहरुमा गाडिहरु एक अर्कामा ठोक्किने समस्या कम गर्ने विस्वास लिइएको छ ।
नेपालका पहाडि बाटोमा यसका लागि शिशा (ऐना) प्रयोग गरिदै आएको छ । यद्यपि धेरै ठाउँका मोडका ती ऐना तोडफोड भएका छन् वा चालकहरु ती मोडमा ती शिशा तर्फ ध्यान दिदैनन् अथवा ति ऐना हेर्दै हेर्दैनन् । यो नयाँ स्मार्ट फोन रडार प्रबिधिले त्यो समस्या समाधान गर्न सक्छ ।
पहाडी बाटोका मोडहरुमा सामुन्नेबाट आइरहेको सवारीका सम्बन्धमा थाहा नपाएर दुर्घटना भएका घटना निकै छन् । खासमा पहाडका कतिपय मोडमा अगाडिबाट आइरहेएको वाहनको कुनै चाल पाईदैन र तिब्र गतिका कारण चालकहरुले ती मोडमा सवारी साधन माथिको नियन्त्रण गुमाउँछन् ।
कसरी काम गर्छ यो प्रविधिले ?
इन्जिनियर कनल सेवास्टीयियन भन्छन् यसमा स्मार्ट फोन रडार प्राविधिकहरू प्रयोग भएको छ जसमा वाहन चालकहरु मोडहरुमा हर्न सुनेर अलर्ट हुन्छन् ।
यो प्रविधि अन्तरगत पहाडि बाटोका खतरनाक मोडहरुमा मोडको दुवै तर्फ स्मार्ट फोन रडार जडान गरिन्छ जसले दुवै तर्फबाट आइरहेका गाडिको स्पीड आकलन गरेर (रीड गरेर) आफैं साइरन हर्न बजाउँछ ।
यसबाट दुवै तर्फका चालक सावधान (अलर्ट) हुनेछन् कि मोडमा अगाडिबाट कुनै गाडी आउँदैछ । प्रशस्त पहाडि बाटो र खतरनाक मोडहरु भएको नेपालमा यो प्रविधि उपयोगिसिद्ध हुनसक्छ । यद्यपि यसको सफलता दरको परख हुन बाँकि नै छ ।
प्रतिक्रिया