डिशहोमले स्पेन घुमाउने

काठमाडौं । डिशहोमले ग्राहकलाई स्पेन घुमाउने भएको छ । २०७८ असोज ११ देखि लागुहुने योजना अनुसार डिशहोमको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकलाई स्पेन घुमाउने भएको हो ।
हरेक नयाँ कनेक्सनमा ग्राहकहरूले २ हजारको लालिगा सिजन टिकट पनि निःशुल्क प्राप्त गर्ने डिशहोमले जनाएको छ । डिशहोमले ग्राहकहरूलाई उत्कृष्ट विभिन्न च्यानलहरू संगै गुणस्तरीय सेवा उपलव्ध गराउँदै आएको छ ।
स्पेन जाने चार भाग्यशाली विजेताहरूको छनौट लक्की ड्र मार्फत गरिने छ । लक्की ड्रको प्रत्यक्ष प्रशारण रामाईलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिशहोमको अन्य च्यानलहरूमा हुने छ । यो योजना प्रभु टिभी, सिम टिभी, र डिशहोम फाइबरनेटको जडानमा पनि उपलब्ध छ ।
यो प्रतियोगिताको नेपालका लागि पे–टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको छ । हाल डिशहोममा खेल च्यानलको रुपमा एक्सन स्पोर्टस एचडी १ र एक्सन स्पोर्टस एचडी २ प्रसारण भई रहेकोमा लालिगाको खेलहरू भने एक्सन स्पोर्टस एचडी २ मा मात्र प्रसारण भईरहेकोछ ।
डिशहोमको यस योजनाले ग्राहकहरूलाई स्पेनमा गई प्रत्यक्ष स्टेडियममा लालिगाको खेल हेर्ने मौका प्रदान गरेको छ । यो योजना नेपालभर सीमित अवधिको लागी लागू हुनेछ ।
प्रतिक्रिया