आइतबार, वैशाख १४, २०८२

संसारकै सबैभन्दा सस्तो कार !

नेपालखोज २०७८ असोज २२ गते १२:१२

बेइजिङ । चीनको अटो मोबाइल कम्पनी वुलिङ होङगुहानले गएको वर्ष अर्थात् सन् २०२० मा इलेक्ट्रिक कारको सिग्मेन्टमा हात हालेको थियो । यो कम्पनीले आफ्नो पहिलो कार बितेको एक वर्षमा एक लाख १९ हजार युनिटभन्दा बढी बिक्री गरेको छ। उक्त कारको सफलताबाट हौसिएको वुलिङ होङगुहानले संसारकै सबैभन्दा सस्तो र सानो इलेक्ट्रिक कार लन्च गरेको छ । जसको नाम वुलिङ न्यानो ईभी राखिएको छ । न्यानो नाममै भारतमा केही वर्ष पहिले टाटा मोटर्सले संसारकै सबैभन्दा सस्तो कार निर्माण गरेको थियो जसको असफलता पछि टाटाले हाल यसको उत्पादन बन्द गरिसकेको छ । यद्यपि चीनमा निर्मित सानो र सस्तो कार न्यानो ईभी टाटाको न्यानोभन्दा पुरा फरक छ ।

न्यानो ईभीको मूल्य
कार न्युज चाइनाको रिपोर्टअनुसार वुलिङ न्यानो ईभीको अन्तर्राष्ट्रिय बजार मूल्य २० हजार युआन राखिएको छ जुन नेपाली रुपैयाँ ४ लाख जस्तो हुन आउँछ । यसमा नेपाल सरकारको चर्को भन्सार शुल्क तथा करहरु जोडिएको छैन ।

वुलिङ न्यानो ईभीको फिचर
यो इलेक्ट्रिक कारलाई पहलो पटक २०२१ मा तियानजिन इन्टरनेशनल अटो एक्सपोमा प्रस्तुत गरिएको थियो । यो वुलिङ न्यानो ईभीमा सुरक्षा र सुविधामा निकै ध्यान पुर्‍याइएको छ । यसमा ईबीडि, इलेक्ट्रिक पार्किङ ब्रेक, आइसोफिक्स चाईल्ड सिट, एबिएस ब्रेकका साथ कम गतिमा हिड्ने पैदल यात्रीहरु सम्बन्धि वार्निङ दिने प्रणालि आदि सुबिधा उपलब्ध गराइएको छ । त्यसका अतिरिक्त वुलिङ न्यानो ईभीमा रिभर्सिङ क्यामेरा, टायर प्रेसर मनिटरिङ सिस्टम, एयर कन्डिशन , किलेस प्रवेश सिस्टम, एलईडी हेडलाइट तथा ७ इन्चको डिजिटल स्क्रीन समेत जडान गरिएको छ ।

इन्टेरियर र एक्सटिरियर
वुलिङ न्यानो ईभीलाई शहरी प्रयोगका हिसाबले डिजाइन गरिएको छ । त्यसैले यो ईभी मा केबल दुई सिट उपलब्ध हुन्छ । यो कारको लम्बाई २,४९७ मिमी, चौडाई १,५२६ मिमी तथा ऊचाई १,६१६ मिमी छ । वुलिङ न्यानो ईभी ३३ पीएस इलेक्ट्रिक मोटरले सुसज्जित छ जसले ८५ एनएम को अधिकतम टर्क उत्पन्न गर्न सक्छ । यो कारको टप स्पीड १०० किलोमिटर प्रति घण्टा भएको बताइएको छ ।

कस्तो छ ब्याट्री ?
यो ईभी एलपी ६७ लिथेनियम-आयन ब्याट्रीबाट चल्छ जसको शक्ति २८ किलवाट छ । यो कार सिंगल चार्जमा ३०५ किमीको दूरी तय गर्न सक्षम भएको बताइएको छ । यो कार २२० भोल्टको घरेलु सकेटबाट साढे १३ घन्टामा फुल चार्ज हुन्छ । ६.६ किलोवाटको एसी चार्जरबाट चार्ज गर्दा वुलिङ न्यानो ईभीलाई फुल चार्ज हुन साढे ४ घन्टा मात्र लाग्छ ।

प्रतिक्रिया