आज आइतबार ‘सूर्य देव‘को दर्शन गर्नुहोस । यस्तो छ तपाईको आजको भाग्य हेर्नुहोस ।
हिन्दु धर्ममा आइतबारलाई ‘सूर्य देव‘को बार मानिन्छ। यस दिन व्रतालुहरूले एक छाक मात्र खाना खानुपर्दछ र खानामा नुनतेल मिसाउनुहुँदैन। व्रत बस्नेहरूले रातो वस्त्र लगाउँदा सूर्यदेव प्रसन्न हुन्छन् भने पुजा गर्दा रातो रङ्गको फूल चढाउनुपर्दछ।
आज २६ माघ २०७६ आइतवार को राशिफल
मेष
यात्रामा मालसामान हराउन सक्छ । गरेका काममा ढिलासुस्ती हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्छ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला ।
मिथुन
धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । रोमाञ्चक यात्रा होला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । रोजगारको अवसर मिलनेछ ।
सिंह
आज राजनैतिक कार्यमा बाधा आउनेछ । सानातिना समस्यामा अल्झिनुपर्नेछ । मुद्दा मामिला आइलाग्नेछ । प्रेममा मनमुटावपनि रहनसक्छ ।
तुला
आफन्तको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।
धनु
मनमा निरासा र शरीरमा आलस्य आउला । कार्यमा बाधा आउनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । व्यवसायमा मन्दी आउनेछ ।
कुम्भ
नजिकको मित्रसँग भेटघाट हुनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शत्रु क्षय होलान् ।
बृष
पारिवार संग रमाइलो भेटघाट हुनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । लाभदायक यात्रा हुनेछ । बिना प्रतिस्पर्धा फाइदा हुनेछ ।
कर्कट
शुभारम्भको चर्चा चल्नेछ । भौतिक साधन जुटाउने समय छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला । अतिथिको रूपमा सत्कार पाइएला ।
कन्या
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ ।
बृश्चिक
कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाईएला । ब्यापार ब्यबसायबाट आम्दानी हुनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ ।
मकर
चिताएको कामले तीव्रता लिनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ ।
मीन
आज प्रेमीको सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । कूटनीतिक नियोगको सहयोग मिल्ला । धार्मिक यात्राको योगपनि छ । – ज्यो.प. नारायणप्रसाद दुलाल
प्रतिक्रिया