‘देशको राजनीति माओवादी एजेन्डामा चलेको छ ’

कंचनपुर । पूर्वमन्त्री बीना मगरले शहीदको बलिदानलाई व्यर्थ हुन नदिने बताएकी छन् । नेकपा (माओवादी केन्द्र) बेलौरी नगरपालिकाको प्रथम नगर सम्मेलनको उद्घाटन गर्दै उनले शहीदको बलिदानले देशमा जनपक्षीय एजेण्डा स्थापित भएको जनाइन् ।
नेतृ मगरले देशको राजनीति माओवादी एजेन्डामा चलेको जिकिर गरिन् । संघर्षको बलमा जनपक्षीय एजेन्डा स्थापित भएको चर्चा गर्दै उनले उपलब्धिको रक्षाका लागि माओवादीले नेतृत्व पाउनुपर्ने भनाइ राखिन् ।
‘माओवादी जनताको आशा भरोसाको केन्द्रका रुपमा रहेको छ’,उनले भनिन्, ‘पार्टीलाई बलियो बनाउनेदेखि सिङगो देश माओवादीमय बनाउनुपर्नेमा कार्यकर्ताको अझै योगदानको खाँचो रहेको जनाइन् ।
देश र जनताका लागि बलिदान दिनेदेखि दिगो विकास र समृद्धिका लागि काम गर्ने एक मात्रै पार्टी नेकपा (माओवादी केन्द्र) मात्रै रहेको उनको जिकिर थियो । लडेर ल्याएको एजेन्डालाई रक्षा गर्नुपर्ने धारणा राख्दै नेतृ मगरले प्रतिगमनविरुद्ध लड्नका लागि सबै एकमत हुनुपर्ने बताइन् ।
प्रतिक्रिया