मंगलबार, वैशाख १६, २०८२

बैतडीमा भएकाे जीप दुर्घटनामा परि मृत्यु हुनेको संख्या ५ पुग्याे

नेपालखोज २०७८ मंसिर २१ गते ७:४५

काठमाडौं । बैतडीमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । पाटन नगरपालिका-१ सकारकी ४० वर्षीया जानकी भट्टराईको पाटन स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएपछि दुर्घटनामा ज्यान गुमाउनेको संख्या पाँच पुगेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।

बैतडीको पाटनबाट सकार जाँदै गरेको से १ ज ८८८ नम्बरको जिप पाटन नगरपालिका-१ सकार खोलामा सोमबार साँझ दुर्घटना भएको थियो । सोही दिन नवविवाहित जोडीसहित चार जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रतिक्रिया