मंगलबार, वैशाख १६, २०८२

भ्रष्टाचारविरुद्ध वाकाथन, सार्वजनिक गरियो टिसर्ट ! (तस्बिरसहित)

नेपालखोज २०७८ मंसिर २१ गते १९:१३

काठमाडौं । भ्रष्टाचारविरुद्ध नेपालगन्ज वाकाथनको टिसर्ट सार्वजनिक गरिएको छ । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा डिसेम्बर ९ (मंसिर २३ गते) बास नेपालको आयोजना तथा अन्तराल नेपालगन्जको व्यवस्थापनमा हुने कार्यक्रमको टिसर्ट आज सार्वजनिक गरिएको हो ।

बास नेपालका अध्यक्ष रमेश सिटौला, उपाध्यक्ष लुना बुढाथोकी, महासचिव शिवकुमार बर्मा, कार्यकारी निर्देशक नमस्कार शाहलगायतले टिसर्ट सार्वजनिक गरेका हुन् । टिसर्टमा नेपालगन्ज वाकाथनको लोगो र भ्रष्टाचारविरुद्धका लागि सँगै हिँडौं भन्ने सन्देश उल्लेखित छ ।

आयोजक संस्था बासका अनुसार, पश्चिम नेपालमा पहिलोपटक हुन थालेको वाकाथनको मुख्य उद्देश्य भ्रष्टाचारविरुद्ध सचेतना जगाउने हो । वाकाथनको अर्थ पैदल यात्रा हुन्छ । कुनै निश्चित उद्देश्य लिएर ठूलो जनसमुदायको सहभागितामा निश्चित दूरी पार गर्नुलाई वाकाथन भनिन्छ ।

No description available.

२००३ डिसेम्बर ९ मा संयुक्त राष्ट्रसंघीय महासभाबाट भ्रष्टाचारविरुद्ध संयुक्त राष्ट्रसंघीय महासन्धि पारित भएको थियो । कुल १३४ राष्ट्रले हस्ताक्षर गरी महासन्धि पारित गरेको दिनलाई भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय दिवसका रुपमा विश्वभर मनाउने गरिएको छ ।

सोही दिवसका अवसरमा बास नेपालले नेपालगन्ज वाकाथन गर्ने निर्णय गरेको हो । भ्रष्टाचारविरुद्ध जागरण ल्याउने र नेपालगन्जको पहिचानलाई व्यापकता दिने उद्देश्यसाथ आयोजना गर्न थालिएको नेपालगन्ज वाकाथनको नारा भ्रष्टाचारविरुद्धका लागि सँगै हिँडौं भन्ने रहेको छ ।

वाकाथन नेपालगन्जको बीपी चोकबाट सुरु भई धम्बोझी चोक, न्युरोड, सेतु विक चोक हुँदै बौद्ध गुम्बा न्युरोड अगाडि पुगेर समापन हुनेछ । बालबालिका, महिला, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिलगायत हजार बढीको सहभागितामा हुने वाकाथनमा सांस्कृतिक प्रस्तुति, झाँकी प्रहशन, सडक नाटक, पर्चा, पम्लपेट वितरण, विभिन्न प्रतियोगिता गरिनेछन् ।

No description available.

नेपालगन्ज वाकाथन सफल बनाउन बासका कार्यकारी निर्देशक नमस्कार शाहको संयोजकत्वमा मूल समिति र १५ सदस्यीय समितिले सक्रियताका साथ कार्य गरिरहेको बासका हेमराज भट्टले नेपालखोजलाई जानकारी दिए । कार्यक्रममा सहभागी हुन बास नेपालले सबै क्षेत्र, वर्गका व्यक्तिहरुलाई आग्रहसमेत गरेको छ भने सहकार्यका लागि सबै सरोकारवालाहरुसँग अपिल पनि गरेको छ ।

No description available.

प्रतिक्रिया