शनिबार, वैशाख १३, २०८२

नेपाली सेनाका पूर्व प्रमुख क्षेत्रीमाथि संसदीय समितिले छानबिन गर्ने

नेपालखोज २०७६ फागुन १ गते १७:३१

काठमाण्डौ । नेपाली सेनाका पूर्व प्रधान सेनापति राजेन्द्र क्षेत्रीले आफ्नो कार्यकालमा अर्बौ रुपैयाको भ्रष्टाचार गरेको उजुरीमाथि सुनुवाई गर्दै संसद राज्य व्यवस्था तथा सुशासन समितिले उनीमाथि छानविन गर्नुपर्ने राय दिएको छ ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले गठन गरेको कार्यदलले उजुरीमाथि छानविन गर्ने क्रममा फास्ट ट्र्याकसहित विभिन्न ठेक्का पट्टा र खरिद निर्णयमाथि छानविन गर्न सुझाव दिएको हो ।

नेकपाका सांसद रेखा शर्मा,नवराज सिलवाल र कांग्रेस सांसद दिलेन्द्र बडू सदस्य रहेको कार्यदलले बिहीबार समिति समक्ष आफ्नो प्रतिवेदन राय सहित बुझाएको हो ।

सेनाको मुख्यालय पुनःनिर्माणको क्रममा भ्रष्टाचार भएको भन्दै राज्य व्यवस्था तथा सुशासन समितिमा उजूरी परेको थियो ।

कार्यदलको प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै सांसदहरुले सेनाभित्रको भ्रष्टाचारको विषयमा छिटो अध्ययन गर्न माग गरेका छन् । सुरक्षा निकायको अधिकारीले फास्ट ट्र्याक निर्माण, हेलिकप्टर खरिद जस्ता विषयमा करोडौकौ भ्रष्टाचार गरेको आशंका समितिले गरेको छ ।

कार्यदलको प्रतिवेदनमा नेपाली सेनाको मुख्यालय पुनर्निर्माणको क्रममा ब्यापक भ्रष्टाचार भएको दाबी गर्दै छिटो भन्दा छिटो उच्चस्तरीय टोली गठन गरेर दोषीलाई कारबाहीको माग गरिएको छ ।

कार्यदल सदस्य एवं समिति सदस्य शर्माका अनुसार सेनाको मुख्यालय पुनःनिर्माणको क्रममा ब्यापक भ्रष्टाचार भएको दाबी गर्दै २१ भदौ २०७५ मा समितिमा उजूरी परेको थियो ।

प्रतिक्रिया