साझा उम्मेद्वार तय गर्न पौडेल पक्षका नेताको बैठक बस्दै
नेपालखोज
२०७८ मंसिर २४ गते ९:२५

काठमाडौं । नेपाली कांग्रेस नेता रामचन्द्र पौडेल पक्षका केन्द्रीय सदस्यहरूको बैठक आज बस्दैछ । महाधिवेशनमा सभापतिको साझा उम्मेद्वारबारे निर्णय गर्न बैठक बस्ने भएको हो । बिहान अबेरसम्म काठमाडौंको बत्तिसपुतलीमा बस्ने बैठकले सभापतिको साझा उम्मेद्वार तय गर्न प्रयास गर्ने जनाइएको छ ।
पौडेल पक्षले सभापतिको साझा उम्मेद्वार तय गर्नेसम्बन्धी बैठक मंगलबारदेखि राखेपनि निर्णय हुन सकेको छैन । वरिष्ठ नेता पौडेल, प्रकाशमान सिंह, शेखर कोइराला र शशांक कोइरालाले सभापतिको साझा उम्मेद्वारका रुपमा आ–आफ्नै दाबी प्रस्तुत गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया