पौडेललाई संस्थापनइतर समूहले साझा उम्मेद्वार बनाउने
नेपालखोज
२०७८ मंसिर २४ गते १४:०२

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले वरिष्ठ नेता रामचन्द्र पौडेललाई साझा उम्मेदवार बनाउने तयारी गरेको छ । केही दिनदेखिको भेटघाट र बैठकबाट पनि सभापतिको साझा उम्मेद्वार टुंग्याउन नसकेको उक्त समूहको आज साँझ फेरि बत्तीसपुतलीमा बैठक बस्ने भएको छ ।
समूहले डा. शशांक र शेखरलाई साथमा लिएर अघि बढ्न पौडेललाई आग्रह गरेको बुझिएको छ । बरिष्ठ नेता पौडेलले भने समूहबाट सर्वसम्मत निर्णय गर्दै आफूलाई उम्मेद्वार बनाइए मात्र चुनाव लड्ने अडान राखेका छन् ।
नेताहरुले पनि पौडेल उम्मेद्वार हुनै पर्नेमा जोड दिन थालेका छन् ।
सम्बन्धित
प्रतिक्रिया