उम्मेद्वारको अन्तिम टुंगो लगाउन सभापति देउवाले बोलाए बैठक
नेपालखोज
२०७८ मंसिर २५ गते १०:१४

काठमाडौं । उम्मेद्वारी दर्ताको समय तोकिएकै बेला नेपाली कांग्रेस संस्थापन पक्षको बैठक आज बस्ने भएको छ । वैठक विहान साढे ११ बजेपछि बालुवाटारमा बस्ने जनाइएको छ ।
जारी महाधिवेशनमा आफ्नो पक्षका सबै नेताहरूको उम्मेद्वारको टुंगो लगाउन सभापति शेरबहादुर देउवाले बैठक डाकेका हुन् । कांग्रेसले विहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेद्वारी दर्ताको समय तोकेको छ ।
तर नेताहरू विभिन्न समूह बनाएर कसले कुन पद लिने भन्ने जोडघटाउमा छन् ।
सम्बन्धित
प्रतिक्रिया