अवरुद्ध सदन खुलाउन सरकारलाई कांग्रेस नेता पौडेलको आग्रह
नेपालखोज
२०७८ मंसिर २९ गते ११:१२

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले अवरुद्ध सदन खुलाउन सार्थक प्रयास गर्नुपर्ने सुझाव दिएका छन् ।
वरिष्ठ नेता पौडेलले आज विज्ञप्ति जारी गर्दै सदनले मात्र देशलाई लोकतान्त्रिक गति दिने उल्लेख गरेका छन् । संसद् खुलाउन सबै पक्षको सार्थक प्रयासको खाँचो रहेको उनले सुझाएका छन् ।
‘राष्ट्रलाई अनिश्चिततातर्फ धकेल्ने क्रियाकलापप्रति सचेत रहन म आम नागरिकको ध्यानाकर्षण गराउँछु’, विज्ञप्तिमा उल्लेख छ ।
सम्बन्धित
प्रतिक्रिया