सोमबार, वैशाख १५, २०८२

दाँत गन्हाउने र पहेलो भएर हैरान हुनुहुन्छ ? यस्ता छन छुटकारा पाउने घरेलु उपाय

नेपालखोज २०७६ फागुन ३ गते ९:३९

तपाईहरु मध्य कतिपयलाई दाँत दिनहुँ सफा गर्ने गरेको तर कहिल्लै सेतो नदेखिने या दाँत पहेंलो नै देखिने गरेको छ भने यस्ता विधिहरु अपनाएर दाँतलाई सफा र सुन्दर राख्न सकिन्छ ।

१. हाम्रो गाउघर तिर नुन र तेलले दाँत सफा गर्ने चलन अझै पनि छ, नुन मा २९४ थोपा शुद्ध तोरीको तेल मिलाएर दाँत सफा गर्ने गर्नाले केहि दिनमै दाँतको पहेलोपना हटेर जान्छ ।

२. केरालाई पिसेर यसको पेष्ट बनाउनु होस्, यसको पेष्टले दांतलाई दिनहु एक मिनेट मसाज गर्नुहोस, मसाज पछि दाँत ब्रश गर्नुहोस र यो उपाए दिनहु गर्नाले दाँतको पहेलोपन हटेर जान्छ ।

३.तुलसीको पातलाई घाममा सुकाउने र सुकेपछि यसको पाउडर बनाइ टुथपेस्टसंग मिलाएर ब्रस गर्ने गर्दा दांतको पहेलोपना हटेर केहि दिनमै चमक आउन थाल्छ ।

४.कागतीको रस निकालेर त्यसमा जति रस छ त्यति नै मात्रामा पानी मिसाउनु होस् र खाना खाइ सके पछि यहि कागती पानीले दिनहु कुल्ला गर्ने गर्नुहोस् । यसो गर्दा दाँतको पहेलोपना त हट्छ नै सास गनाउने समस्यामा पनि हटेर जान्छ ।

५.सुन्तलाको बोक्रा र तुलसीको पातलाई घाममा सुकाएर त्यसको पाउडर बनाउनु होस् र दाँत ब्रश गरिसके पछि उक्त पाउडरले दातमा हल्का मसाज गर्नुहोस् । सुन्तलाको बोक्राबाट प्राप्त हुने भिटामिन सी र क्याल्सियमका कारण दात चम्किलो हुन्छ ।

६. खाना खाइ सकेपछि दिनहु गाजर खाने गर्नाले पनि दाँतको पहोलो पन हट्छ । गाजरमा रहेको रेसाहरुले दांतलाई राम्रोसंग सफा गर्न मदत गर्दछ ।

७. दिनहु नीमको काठ, निमको सानो हाँगाले दात सफा गर्ने गर्नाले दांतमा कुनै किसिमको रोग लाग्दैन र पहेलो भएको भए पनि हट्छ ।

प्रतिक्रिया