मंगलबार, वैशाख १६, २०८२

‘महिलाले अधिकार मागेर होइन खोसेर लिने हो’

नेपालखोज २०७८ पुष ३ गते १३:३९


कास्की । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले महिलाले संविधानले व्यवस्था गरेका हक र अधिकार मागेर होइन खोसेरै लिनुपर्नेमा जोड दिएकी छन् ।

नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको लैंगिक तथा सामाजिक समावेशीकरण समितिद्वारा आज पोखरामा आयोजित जिल्लास्तरीय महिला गोष्ठी शुभारम्भ गर्दै शर्माले अघिकारका लागि महिला संगठित भएर लाग्नुपर्ने बताइन् ।

महिलाले राजनीतिक, सामाजिक र आर्थिकरुपमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्दै सशक्तीकरणमा लाग्नुपर्ने बताउँदै उपसभामुख शर्माले प्रत्येक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता हुनैपर्ने आवश्यकतामाथि जोड दिएकी छन् ।

दुःख र अन्यायमा परेका व्यक्तिको उद्धारमा रेडक्रसले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ भन्दै उनले निकट भविष्यमा हुने स्थानीय तहको निर्वाचनमा पहिलो पदमा आउने गरी पहल थाल्न महिलालाई आग्रह गरिन् ।

प्रतिक्रिया