कारागारबाट छुटे लगत्तै महराले आफू निर्दाेष भएको बताए (भिडियो सहित)
नेपालखोज
२०७६ फागुन ५ गते १८:१३
काठमाण्डौ। बलात्कार उद्योग मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएका निवर्तमान सभामुख कृष्णबहादुर महरा डिल्लीबजार कारागारबाट छुटेका छन् ।
उनलाई डिल्लीबजार कारागारमा रहेका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक रमेश चन्द ठकुरी, सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला लगायतले माला लगाएर विदाइ गरेका थिए।
कारागारबाट छुेटपछि संक्षिप्त प्रतिक्रिया दिँदै महराले आफू निर्दाेष भएको बताए । उनले कारागारमा रहँदा सबैले राम्रो व्यवहार गरेको भन्दै धन्यवाद समेत दिए ।
उनलाई स्वागत गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताकार्यकर्ता पुगेका थिए । डिल्लीबजार कारागार पुगेको नेकपा नेता कार्यकर्ताले नेकपा जिन्दावाद, महरा सर जिन्दावाद लगायतका नारा लगाएका थिए ।
सम्बन्धित
प्रतिक्रिया