बालबालिकालाई कसरी सुरक्षित राख्ने ?

दश वर्ष पुगेका बालबालिका हामी बालबालिका १० वर्ष पुगेपछि हाम्रो शरीरमा केटा र केटी हो भनेर स्पष्ट छुट्टिने गरी शारीरिक परिवर्तन आउँछ । हामीहरू आफैं पनि यही बेला केटा र केटीको भिन्नता थाहा पाउँछौं । हामी यसै उमेरमा साथी बनाउने गर्छौं । नेपालमा १० वर्ष पुगे पछि हामीजस्ता बालबालिकाले घरको काममा सघाउनु पर्ने जिम्मेवारी पनि थपिन्छ ।
जस्तै भाई–बहिनीको हेरचाह, भान्सा, गोठ र खेतबारीमा काम गर्ने, घाँस–दाउरा गर्ने आदि । यस्ता काम गर्दा हामीलाई ठुल्ठूला चोटपटक पनि लाग्ने गर्छन् । बालअधिकारका हिसाबले यस उमेरमा हामीले जोखिमपूर्ण काम गर्नु हुँदैन ।
हामीले टाढाको स्कुल जानुपर्छ, कच्ची बाटोमा साइकल चलाउनुपर्छ । हामी बसमा यात्रा गर्दा जोखिमपूर्ण व्यवहार पनि देखाउँछौं । हाम्रो उमेरका कतिपय बालबालिका चोटपटक लाग्ने धेरै खतरा भएका कामहरू गर्दा घाइते, अपाङ्ग वा मृत्यु पनि भएका छन् ।
चोटपटकबाट बालबालिकालाई कसरी सुरक्षित राख्ने ?
खाना पकाउने ठाउँमैं आगलागी भएर पनि कतिपय महिला र केटीहरू पोलिएर कुरुप हुने, घाइते, अपाङ्ग वा मृत्यु पनि हुन्छ । एक अध्ययनले हरेक वर्ष नेपालमा १०–१९ वर्षका करीव १,७०० किशोर–किशोरीहरूको चोटपटक (इन्जरी) बाट मृत्यु हुन्छ भने, करीव तीन लाख जति घाइते हुने अनुमान गर्न सकिन्छ ।
किशोरावस्थाका केटाकेटीहरू किशोरावस्था हामीहरूले निम्न अनुसारका कृयाकलापहरू गर्छौ, आफ्नो शरीरको बनावट र अनुहारमा ध्यान दिने सजिलैसँग भावुक हुने घनिष्ट साथी बनाउने केटाले केटीलाई र केटीले केटालाई साथी बनाउने बाहिर जान रमाउने कहिलेकाँही समयमा घर नआउने, विभिन्न खालका कल्पना गर्ने कौतुहलताको निराकरण गर्न खोज्ने किशोरावस्थामा हामीहरू प्रायः जोखिमयुक्त व्यवहार प्रदर्शन गर्छौं ।
चोटपटकबाट बालबालिकालाई कसरी जोगाउने ?
अरुको देखासिकी गर्ने चलन पनि बढि नै हुन्छ । यसबाट हामीहरूलाई चोटपटक लाग्ने अत्याधिक सम्भावना हुन्छ । त्यसैगरी यस उमेरमा हामी झै-झगडा गर्ने, कुलतमा लाग्ने र हिंसात्मक व्यवहार पनि देखाउँछौं ।
हुर्किए बालबालिका, कसरी राख्ने सुरक्षित ?
तर हामीहरूले समूहमा मिलेर राम्रा–राम्रा कामहरू पनि गर्न सक्छौं । चोटपटक (इन्जरी) रोकथाममा पनि सहयोग गर्न सक्छौं । चोटपटकका समस्याहरूलाई रोकथाम गर्न अभिभावकले गर्नुपर्ने आधारभूत कामः घर वरपर रहेका जोखिम वा खतराका वस्तुहरू पत्ता लगाउने र हटाउने । बच्चाको राम्रो रेखदेख गर्ने । बच्चालाई खतरापुर्ण ठाउँमा जानबाट रोक्न छेकबार लगाउने । बच्चालाई चुलोमा आउन बाट रोक्ने । परिवार र समुदायका सबैले आफु सुरक्षित हुने र बालबालिकालाई पनि सिकाउने ।
बालरोग विशेषज्ञ डा. पुष्पराज पन्त नेपाल इन्जरी अनुसन्धान केन्द्रमा संलग्न छन् ।
स्रोत : युनिसेफ, नेपाल
प्रतिक्रिया