सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दालाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ बैंकिङ सेवा विस्तार गरेको छ । बैंकले पूर्वी रुकुमको भूमे गाउँपालिकामा माघ २३ गतेबाट ९२ ओैँ शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको हो ।
सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी धनबहादुर वलीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ। शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ । सेवाबाट ग्रामिण क्षेत्रमा बैंकप्रति विश्वास एंव बैंकिङ सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले राखेकाे छ ।
बैंकले देशैभरका १७४ शाखा, १२३ ए.टी.एम. र ९२ वटा शाखारहित बैंकिङ ईकाईहरुबाट करिव १३ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दे आएको छ । कोरोना भाइरसको महामारीबाट विश्वनै आक्रान्त बनेको अवस्थामा बैंकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानीपूर्वक ग्राहकको वित्तीय आवश्यकता डिजिटली प्रदान गरिरहेको छ ।
सेवाबाट बैंकका ग्राहकले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने, डिजिटल बैंकिङ सभ्यताको विकास भई कोभिड रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
प्रतिक्रिया