सोमबार, वैशाख १५, २०८२

महाशिवरात्रिदेखि यी राशिमा रहनेछ भगवान् पशुपतिनाथको कृपा

नेपालखोज २०७८ फागुन ११ गते ५:०१

हिन्दु धर्ममा शिवरात्रिको विशेष महत्त्व छ । त्यसमा पनि भगवान पशुपतिनाथका भक्त हामी नेपालीहरु यो पर्व धुमधामसाथ मनाउँछौं । महाशिवरात्रिको हाम्रो आफ्नै परम्परा छ । यसपटक फागुन १७ गते मंगलबार महाशिवरात्रि मनाइदै छ । यो दिन नेपालका शिवालयहरुमा विशेष उत्सवको वातावरण रहनेछ । यद्यपि अहिले हामि महाशिवरात्रिको चर्चा गर्न गइरहेका छैनौं । बरु हाम्रो चर्चाको विषय ती पाँच राशिमा केन्द्रित छ जसको भाग्यको ढोका यहि महाशिवरात्रिदेखि खुल्दै छ । मेष, वृष, मिथुन, सिंह तथा कर्कट राशिमा भगवान् शिवजीको विशेष कृपा रहनेछ भने भोलेनाथको आशीर्वादले यी राशिका स्वामीहरुको मनोकामना पूरा हुनेछ । महाशिवरात्रिमा दिनभर भगवान शंकरको पूजा-अचर्ना गर्न सकिए पनि यसमा रात्रि पूजाको समेत विशेष महत्त्व छ । शिवरात्रिको पूजा राति एक वा चारपटक सम्म गर्न सकिन्छ । यो दिन सम्भव भए सम्म दिनभर ‘ओम नमः शिवाय ‘ को जाप गर्नु उपयुक्त हुन्छ ।

मेष (Aries) : मेष राशि हुनेहरुका लागि यो महाशिवरात्रि खास रहनेछ । यस पटकको शिवरात्रिले मनोकामना पुरा हुने योग लिएर आउनेछ । करियर सँग सम्बन्धित कुनै शुभ समाचार सुन्न पाइनेछ । प्रेम सम्बन्धमा मधुरता बढनेछ । परिवारमा सुख-शान्ति छाउनेछ ।

वृष (Taurus) : वृष राशिका स्वामीहरुले धन प्राप्त गर्न सक्छन् । नजिकका सम्बन्धितहरुसँग भेटघाट हुनेछ । महाशिवरात्रिको दिन शिवलिंगमा घिउ तथा शमी ( स्वामी ) को पत्ता चढाए लाभ होला ।

मिथुन (Gemini) : मिथुन राशि हुनेहरुका लागि पनि यो महाशिवरात्रिले खुशि लिएर आउनेछ । शुभ समाचार सुन्न पाइनेछ भने शुभचिन्तकहरुको प्रेरणा तथा आशीर्वाद फलदायक साबित हुनेछ ।

सिंह (Leo) : सिंह राशि हुनेहरुले राम्रो खबर सुन्न पाउनेछन् । स्वास्थ्यमा सुधार आउनेछ । आर्थिक स्थिति मजबुत हुनेछ । नयाँ सम्बन्धहरु फाइदाजनक रहनेछन् । भगवान् शिवको कृपाका लागि दूधमा घिउ र केसर मिसाएर शिवलिंगमा अर्पित गर्नुहोला ।

कर्कट (Cancer) : कर्क राशि हुनेहरुले पनि यो महाशिवरात्रिमा भगवान् शंकरको आशीर्वाद प्राप्त गर्नेछन् । कष्टबाट मुक्ति मिल्नेछ । अप्रत्याशित लाभ प्राप्त हुन सक्छ । कुनै पुरानो लगानीले राम्रो प्रतीफल दिन सक्छ । मानिसहरु आफूप्रति आकर्षित हुनेछन् ।

प्रतिक्रिया