आइतबार, वैशाख २८, २०८२

विश्वकप ग्लोबल छनोटमा नेपाललाई तेस्रो स्थान, ओमान ९ विकेटले पराजित

नेपालखोज २०७८ फागुन १२ गते १८:३९

काठमाडाैं । आइसीसी टी-ट्वान्टी विश्वकपको ग्लोबल छनोटमा नेपाल तेस्रो स्थानमा रहँदै स्वदेश फर्किने भएको छ । तेस्रो स्थानका लागि भएको खेलमा नेपालले ओमानलाई नौं विकेटको भारी अन्तरले हराउँदै सुखद अन्त्य गरेको छ ।

ओमानस्थित अल अमारत क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टिमले २० ओभरमा नौं विकेट गुमाउँदै ८७ रन बनायो । ओमानको पारी नेपाली बलर सामु ध्वस्त नै भयो । उसका दुई खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । जसमा कप्तान जिसन मक्सुदले २१ रन बनाए भने आयन खानले १६ रन जोडे ।

मात्र चार रन हुँदा पहिलो विकेट गुमाएको ओमानले आठ रनमा दोस्रो विकेट खेर फाल्यो । उसका ओपनर जतिन्दर सिंह मात्र दुई रनमा आउट भए भने कश्यप प्रजापतीले पाँच रन बनाए । त्यसपछि सोयब खान मात्र तीन रनमा आउट हुँदा ओमानले १६ रनमा तेस्रो विकेट गुमायो । त्यसपछि मोहम्मद नदिम ब्यक्तिगत एक रनमा पेभेलियन फर्किदा ओमानले १९ रनमा पाँच विकेट गुमायो ।

पाँचौं विकेटका लागि जिसान र आयनले २३ रनको साझेदारी गरेका थिए । तर जिसान ब्यक्तिगत २१ रनमा आउट हुँदा ओमानको पारी निकै कमजोर बनेको थियो । त्यसपछि आयनपनि ब्यक्तिगत १६ रनमा आउट भए । जसका कारण ओमानले ५१ रनमा ६ विकेट गुमायो ।

उसको विकेट झर्ने क्रम यतिमा रोकिएन । लगत्तै सन्दिप गउडपनि एक रनमा आउट भए भने नेस्टोर धाम्बा मात्र तीन रनमा पेभेलियन फर्किँदा ओमानले ५९ रनमा आठ विकेट गुमायो । ब्याटिङमा ध्वस्त भएको ओमानले ७४ रनमा नबौं विकेट गुमायो । बलिङमा नेपाली कप्तान सन्दिप लामिछानेले तीन विकेट लिए । उनले चार ओभरमा मात्र १३ रन खर्चिएर तीन विकेट लिए ।

जवाफमा नेपालले १६ ओभर दुई बलमा मात्र एक विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । सुरुवात राम्रो गरेको नेपालले पहिलो विकेटका लागि ५० रनको साझेदारी गरेको थियो । तर आशिफ शेख १३ रनमा आउट भएपछि नेपालले पहिलो विकेट गुमायो । उनले १८ बलमा एक चौका प्रहार गरेका थिए ।

त्यसपछि कुशल भुर्तेल र आरिफ शेखले नेपाललाई जित दिलाए । कुशलले अर्धशतकीय पारी खेले । उनको यो करियरको पाँचौं अर्धशतक हो । यसका साथै उनी टी-ट्वान्टी आईमा नेपालबाट धेरै अर्धशतक बनाउने खेलाडी समेत बनेका छन । उनले टी-ट्वान्टी आईमा धेरै अर्धशतक बनाउने खेलाडीमा पारस खड्कालागि पनि पछि छोडेका छन ।

कुशलले ५५ रनको पारी खेले । उनले ५३ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । यस्तै आरिफ शेखले अविजित २१ रन बनाए । उनले २७ बलमा एक चौका प्रहार गरे । आइसीसी टी २० विश्वकपको ग्लोबल छनोटमा नेपाल तेस्रो स्थानमा रहँदै स्वदेश फर्किने भएको छ । तेस्रो स्थानका लागि भएको खेलमा नेपालले ओमानलाई नौं विकेटको भारी अन्तरले हराउँदै सुखद अन्त्य गरेको छ ।

ओमानस्थित अल अमारत क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टिमले २० ओभरमा नौं विकेट गुमाउँदै ८७ रन बनायो । ओमानको पारी नेपाली बलर सामु ध्वस्त नै भयो । उसका दुई खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । जसमा कप्तान जिसन मक्सुदले २१ रन बनाए भने आयन खानले १६ रन जोडे ।

मात्र चार रन हुँदा पहिलो विकेट गुमाएको ओमानले आठ रनमा दोस्रो विकेट खेर फाल्यो । उसका ओपनर जतिन्दर सिंह मात्र दुई रनमा आउट भए भने कश्यप प्रजापतीले पाँच रन बनाए । त्यसपछि सोयब खान मात्र तीन रनमा आउट हुँदा ओमानले १६ रनमा तेस्रो विकेट गुमायो । त्यसपछि मोहम्मद नदिम ब्यक्तिगत एक रनमा पेभेलियन फर्किदा ओमानले १९ रनमा पाँच विकेट गुमायो ।

पाँचौं विकेटका लागि जिसान र आयनले २३ रनको साझेदारी गरेका थिए । तर जिसान ब्यक्तिगत २१ रनमा आउट हुँदा ओमानको पारी निकै कमजोर बनेको थियो । त्यसपछि आयनपनि ब्यक्तिगत १६ रनमा आउट भए । जसका कारण ओमानले ५१ रनमा ६ विकेट गुमायो ।

उसको विकेट झर्ने क्रम यतिमा रोकिएन । लगत्तै सन्दिप गउडपनि एक रनमा आउट भए भने नेस्टोर धाम्बा मात्र तीन रनमा पेभेलियन फर्किँदा ओमानले ५९ रनमा आठ विकेट गुमायो । ब्याटिङमा ध्वस्त भएको ओमानले ७४ रनमा नबौं विकेट गुमायो । बलिङमा नेपाली कप्तान सन्दिप लामिछानेले तीन विकेट लिए । उनले चार ओभरमा मात्र १३ रन खर्चिएर तीन विकेट लिए ।

जवाफमा नेपालले १६ ओभर दुई बलमा मात्र एक विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । सुरुवात राम्रो गरेको नेपालले पहिलो विकेटका लागि ५० रनको साझेदारी गरेको थियो । तर आशिफ शेख १३ रनमा आउट भएपछि नेपालले पहिलो विकेट गुमायो । उनले १८ बलमा एक चौका प्रहार गरेका थिए ।

त्यसपछि कुशल भुर्तेल र आरिफ शेखले नेपाललाई जित दिलाए । कुशलले अर्धशतकीय पारी खेले । उनको यो करियरको पाँचौं अर्धशतक हो । यसका साथै उनी टी २० आईमा नेपालबाट धेरै अर्धशतक बनाउने खेलाडी समेत बनेका छन । उनले टी २० आईमा धेरै अर्धशतक बनाउने खेलाडीमा पारस खड्कालागि पनि पछि छोडेका छन ।

कुशलले ५५ रनको पारी खेले । उनले ५३ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । यस्तै आरिफ शेखले अविजित २१ रन बनाए । उनले २७ बलमा एक चौका प्रहार गरे ।

प्रतिक्रिया