सोमबार, वैशाख १५, २०८२

महादेवलाई अर्पित गरौं यी तीन चिज

नेपालखोज २०७८ फागुन १४ गते ५:०१

यसपटकको महाशिवरात्रिमा कैंयन् शुभ योग निर्माण हुँदै छ । मान्यताअनुसार यस दिन जलाभिषेक गरेर शिव-शंकरको विधि विधानका साथ भक्ति-भावपूर्वक पूजाआजा गरे मनकामनाहरु पूरा हुन्छन् । यो दिन खास विधानपूर्वक शिवजीको पूजा गरि उनलाई मनपर्ने चीजहरु चढाइन्छ । पौराणिक कथा अनुसार यहिदिन भगवान भोलेनाथको बिबाह माता पार्वती सँग भएको थियो । यो दिन व्रत राखेर शिवलिंगको पूजा गरिन्छ । यो पूजाको क्रममा तीन वटा यस्ता अहम् चिज छन् जुन शिवलिंगमा अवश्य चढाइन्छ ।

बेलपत्र
बेलपत्र भगवान शंकरलाई निकै प्रिय रहँदै आएको छ । शिवलिंगमा बेलपत्र चढाउँदा पुण्य फल प्राप्त हुन्छ । महाशिवरात्रिमा एघारवटा बेलपत्रमा गाईको घिउ दलेर भगवान् शिवलाई चढाउन सकिन्छ । बेलपत्र चढाउँदा ॐ नम: शिवाय मन्त्र जाप गरिरहनुपर्छ । भनिन्छ यसो गर्दा भोलेनाथ खुसि भएर चाहेको वरदान दिन्छन् ।

पञ्चामृत
महाशिवरात्रिका दिन भगवान् भोलेनाथलाइ पञ्चामृतले स्नान गराइन्छ । यसक्रममा शिवलिंगमा पञ्चामृत ले अभिषेक गरिन्छ । पञ्चामृतका रुपमा दुध, घ्यु , दही, मह तथा चीनी प्रयोग गरिन्छ । पुरा मनले शिव जीक‍ो पूजा गर्नुपर्दछ । मान्यता अनुसार महाशिवरात्रिमा दिनभर व्रत राखेर भगवान शिवको पञ्चामृतले अभिषेक गरि विधि-विधान पुर्वक पूजा गरे अबिबाहित युवतिहरुले योग्य र मनले खोजे जस्तै वर प्राप्त गर्न सक्छन् ।

धतुरो
महादेवलाइ धतुर‍ निकै प्रिय छ । महादेवक‍ पूजा गर्दा धतुरोको प्रयोग अनिवार्य जस्तै छ । धतुरो बिना भगवान शिवको पूजा पूरा भएको मानिदैन । महाशिवरात्रिका दिन शिवलिंगको अभिषेक गरेर बेलपत्र तथा धतुर‍ चढाउने बिधान छ ।

यी मन्त्रको जाप
महामृत्युन्जय मन्त्र
ॐ त्र्यम्बन्क यजामहे सुगन्धिं पुष्टिवर्धनम्।
उर्वारुकमिव बन्धनान् मृत्योर्मुक्षीय मामृतात्।।
यसका साथ १०८ पटक ॐ नमः शिवायको जाप गर्नु शुभ हुन्छ ।

प्रतिक्रिया