सोमबार, वैशाख १५, २०८२

श्रीमतीलाई केमिकल प्रहार गरी घाइते बनाएको अभियोगमा गुभाजु पक्राउ

नेपालखोज २०७८ फागुन २३ गते १६:१३
प्रतीकात्मक तस्बिर ।

भक्तपुर । ६० वर्षीया श्रीमतीलाई नाम नखुलेको केमिकल (रसायन) प्रहार गरी घाइते बनाएको अभियोगमा सूर्यविनायक नगरपालिका ४, दधिकोट चित्रपुर बस्ने ६५ वर्षीय श्याम गुभाजुलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

गुभाजुले आफ्नै श्रीमतीलाई कुटपिट तथा केमिकल प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घाइते महिलाको बर्न अस्पताल कीर्तिपुरमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया