आइतबार, वैशाख २८, २०८२

फेरि यूएईसँग खराब सुरुवात, नेपालको ४ विकेट झर्‍यो

नेपालखोज २०७८ चैत ७ गते १६:२८

काठमाडाैं । आईसीसी विश्वकप लिग टू त्रिकेट प्रतियोगितामा २०३ रनको लक्ष्य पछ्याएको नेपालको खराब सुरुवात गरेको छ । अहिलेसम्म २० ओभरमा ५२ रन बनाउँदा नेपालले चार विकेट गुमाइसकेको छ ।

चौथो विकेटको रुपमा रोहितकुमार पौडेल आउट भए । रोहित ९ रन बनाएर आउट भएका थिए । उनी आउट हुँदा नेपालको २१ रन थियो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालका पवन शर्राफ र कुशल भुर्तेलले ओपनिङ गरेका थिए । १.२ ओभरमा नेपालले पहिलो विकेट गुमाएको थियो ।

नेपालका कुशल भुर्तेल ७ बल खेल्दै ५ रन बनाएर पभेलियन फर्किए । यसैगरी २.२ ओभरमा ८ रन बनाएका बेला ४ बलमा २ रन बनाएर पवन शर्राफ आउट भएपछि दोस्रो विकेट गुमाएको थियो । लगत्तै क्रिजमा आएका दीपेन्द्रसिंह ऐरी पहिलो बलमै खाता नै नखोली आउट भएपछि नेपालले २.३ ओभरमा तेस्रो विकेट गुमाउन पुग्यो । 

प्रतिक्रिया