यी तरिका अपनाउनुहोस् जीवनमा सफलता मिल्ने छ
तपाईं पनि यदि जीवनमा सबै मुश्किलहरुलाई हराएर विजय प्राप्त गर्न चाहनुहुन्छ भने यी टिप्स अपनाउनुहोस् ।
१ मानिसहरु तपाईंबारे के सोच्छन् भन्नेबारे सोच्न छोड्नुहोस् । यो तपाईंको काम होइन । तपाईं आफ्नो काम गर्नुहोस्, तपाईंबारे सोच्ने उनीहरुको काम हो भने उनीहरुलाई उनीहरुकै काम गर्न दिनुहोस् ।
२ आफ्नो जीवनको तुलना दोस्रो व्यक्तिसँग कहिल्यै नगर्नुहोस् । कसैको बारे पनि पूरै सत्य कुरा थाहा नभएसम्म कुनै विचार नबनाउनुहोस् । तपाईंलाई थाहा पनि नहुन सक्छ कि उनीहरुले जीवनमा के के समस्या पार गरेर आएका हुनसक्छन् ।
३ जीवन, सफलता तथा करिअरसँग जोडिएका सबै प्रश्नहरुको जवाफ थाहा नै हुनपर्छ भन्ने छैन । यस्ता प्रश्नहरुको जवाफ त्यति बेला मिल्छ जब तपाईं आफ्नो यात्रामा निरन्तर अगाडि चलिरहनु भएको छ र तपाईंलाई थाहा पनि छैन कि कहिले के हुने छ ।
४ मुस्कुराउनु जीवनको सबैभन्दा ठूलो धरोहर हो । विश्वका सबै समस्या आफूसँग छैन भन्ने सोच्नुहोस् र मुस्कुराउनुहोस् ।
५ आफ्नो खुसीका लागि तपाईं आफैं जिम्मेवार हुनुहुन्छ । त्यसलाई कसरी आफूसँग राखिरहने भन्ने कुरा तपाईंमा नै निर्भर हुन्छ । कसैले पनि तपाईंका खुसी साट्न र उत्सव मनाउन तपाईंसम्म आउने कष्ट गर्दैन ।
६ एउटा भनाइ छ, समय नै सबै कुराको मल्हम हो । जीवनमा आएका जस्तासुकै समस्या पनि केही समयमा समाधान हुन्छन् । हामीले त केवल समय दिनु मात्र पर्छ ।
७ बितेका गल्तीहरुबाट पाठ सिक्नु जरुरी छ, तर त्यसैमा डुबेर एकोहोरो हुनु ठिक हुँदैन । आजलाई समस्यामा पार्ने त्यो बितेको घटना सम्झेर नबस्नुहोस्, यही नै तपाईंको सफलताको लागि सबैभन्दा ठूलो बाटो हो ।
प्रतिक्रिया