शुक्रबार, वैशाख १२, २०८२

नबिल-एनबी मर्जर, असार २७ बाट एकीकृत कारोबार

नेपालखोज २०७९ असार २० गते १५:३५

काठमाडौं । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरी यही असार २७ गतेबाट एकीकृत कारोबार सञ्चालन गर्ने भएको छ ।

नबिलले एनबीलाई प्रतिसेयर ४३ रुपैयाँका दरले प्राप्ति गरेको हो । जसअनुसार नेपाल बंगलादेश बैंकबाट नबिललाई चुक्ता पुँजीमा चार अर्ब ३३ करोड रुपैयाँ थपिनेछ । यसो हुँदा एकीकृत कारोबारपश्चात नबिल बैंकको चुक्ता पुँजी २२ अर्ब ८३ करोड रुपैयाँ पुग्नेछ ।

हालको अवस्थामा भने नबिलको चुक्ता पुँजी १८ अर्ब ४९ करोड रुपैयाँ रहेको छ भने एनबीको चुक्ता पुँजी १० अर्ब आठ करोड रुपैयाँ रहेको छ ।

प्रतिक्रिया