राष्ट्र बैंकद्वारा पुनः पाँच अर्ब ६० करोड रुपैयाँको ट्रेजरी आह्वान
नेपालखोज
२०७९ कार्तिक ४ गते १९:२२

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः पाँच अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल बिक्रीको आह्वान गरेको छ । राष्ट्र बैंकका अनुसार कात्तिक ६ गते आइतबार अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । जारी मिति भने कात्तिक १४ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् ।
बिक्री गरिने कुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको तीन अर्ब ६० करोड र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैयाँ बराबरको रहेका छन् । यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमश २०७९ माघ १० गते र २०८० कात्तिक सात गते तोकिएका छन् ।
राष्ट्र बैंकका अनसार यि ट्रेजरीहरु पुरानो नविकरण अन्र्तगतका रहेका छन् । यसअघि यही असोज ३१ गते पनि राष्ट्र बैंकले १८ अर्ब २० कारेड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

सम्बन्धित
प्रतिक्रिया