मंगलबार, वैशाख १८, २०८१

हिमालय एअरलायन्सले बेइजिङ्ग सिधा उडान गर्ने

नेपालखोज २०७६ कार्तिक ६ गते १५:२३

६ कार्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय उडान भर्ने पहिलो निजी हवाई कम्पनी हिमालय एअरलाईन्सले काठमाडौंबाट चीनको बेइजिङ्ग सिधा उडानका लागि तीव्र तयारी गरिरहेको छ ।
पर्यटन बर्ष २०२० लाई लक्षित गरी हिमालयले काठमाडौं बेइजिङ्ग सिधा उडान गर्न लागेको बताएको छ । चीनका राष्ट्रपति सी चिन फिङको नेपाल भ्रमण लगतै हिमालय एअरलायन्सले आफ्नो थप गन्तव्य स्थान बेइजिङ्गलाई छानेको छ ।
जति सक्दो चाँडो बेइजिङ्ग उडानका लागि हिमालय एअरलाइन्स लागिरहेको छ । श्रोतका अनुसार सन् २०२० को शुरुवातदेखि नै उडान गर्ने गरी एअरलाईन्सले गृहकार्य गरिरहेको छ ।

प्रतिक्रिया